
२५ कात्तिक, काठमाडौं । एक सातामा सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढ्दा साताभर सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य १३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबारका लागि छापावfल सुनको प्रतितोला मूल्य ९६ हजार ७ सय, तेजावी सुनको मूल्य ९६ हजार एक सय र चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ४ सय, तेजावी सनुको मूल्य ९४ हजार ९ सय र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको थियो ।
महासंघकाअनुसार एक सातामा सुनको मूल्यमा निकै उतार चढावपूर्ण रह्यो । आइतबार यता सुनको मूल्य न्यूनतम ९४ हजार तीन सय रुपैयाँमा आइपुगेको थियो भने शुक्रबार यो साताकै उच्च मूल्य ९६ हजार ७ सय रुपैयाँमा सुनको खरिद बिक्री भयो ।
साताको न्यूनतम बिन्दुबाट हेर्दा एक सातामा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढ्यो । यस्तै चाँदीको मूल्य पनि सातामा न्यूनतम बिन्दु १ हजार २६५ रुपैयाँबाट ४० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भयो ।
प्रतिक्रिया 4