
२५ कात्तिक, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लागि भोट मागेकी छिन् ।
शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन्।
भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो ।
अभिनेत्री कोइरालाले वीपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । उनले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्कसमेत गरिन् ।
‘आज म यहाँ उभिएको छु-राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरुले बिर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन वीपीलाई । वीपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ,’ उनले भनिन्,
अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन् ।
प्रतिक्रिया 4