+
+

विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १७:२५

काठमाडौं । विद्यालयस्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । नेशनल साइन्स फाउन्डेसन भारत र डीएभी सुशिल केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा यस्तो प्रदर्शनी आयोजना भएको हो । प्रदर्शनी बिहीबार आयोजना गरिएको हो ।

प्रदर्शनीमा नेपाल र भारतका उत्कृष्ट ११ विद्यालय सहभागी थिए । प्रदर्शनी कार्यक्रममा अन्तर्राष्ट्रिय कन्भेनर तथा डीएभी विद्यालयका अध्यक्ष अनिल केडियाले भौतिक विज्ञानको विकासका लागि आध्यात्मिक विज्ञानको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय कन्भेनर सुनिलकुमारले प्रथम विद्यालयस्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी विश्व विज्ञान सम्मेलनको एक अंश रहेको बताउँदै डीएभी विद्यालयसँगको सहकार्यले दुई छिमेकी बीचका विद्यार्थी माझ ज्ञान, प्रविधि र संस्कृति आदन—प्रदान गर्न सफल भएको बताए ।

प्रदर्शनी कार्यक्रममा प्राडा महेन्द्र मर्हजन (त्रिभुवन विश्वविद्यालय) ले डीएभी विद्यालयलाई एक स्रोत संस्थाको रुपमा व्यख्या गर्दै उक्त संस्था लगायत सम्पूर्ण सहभागी विद्यालयहरुलाई उच्च सफलताको शुभकामना दिए ।

प्रर्दशनीमा सहभागीहरुले फलाम र स्टील उद्योगका लागि आवश्यक पर्ने पानी भण्डारणको मोडेल, वर्षा, बाढी र हावाहुरीको पूर्व संकेत दिने विभिन्न मोडेल लगायत, स्मार्ट सीटी, सामुद्रिक फोहोर व्यवस्थापन, बहुउद्देश्य ल्याण्ड रोभर र सोलारबाट सञ्चालनमा ल्याउन सकिने विभिन्न ल्याम्पहरुका मोडेलहरु प्रदर्शन गरेको थिए ।

प्रर्दशनीमा सेन्ट मेरिज स्कुल जावलाखेलले प्रथम हासिल गर्यो‍ । केन्द्रीय विद्यालय काठमाडौं र द्यान गंगा विद्यालय, पुने भारत क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । सोही प्रर्दशनीको अर्को विधामा द्यान गंगा विद्यालय, पुने, भारत र डीएभी सुशिल केडिया विश्व भारती विद्यालय विजेता बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?