
२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउने कार्य नगर्न निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, ‘वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी जलाउने कार्य प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ । यस्तो कार्य कसैले गरेमा काठमाडौं महानगरपालिकाको वातावारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4