
२५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले स्टार्टअपका लागि नेपाल ठूलो सम्भावनाकाे मुलुक भएको बताएका छन् ।
नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकाे आयाेजनामा शुक्रबार आयाेजित स्टार्टअप अवार्ड-२०२२ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गाेल्छाले यस्तो धारणा राखेका हुन् । छिमेकी मुलुक चीन र भारतमा यसको ठूलो बजार रहेको उनको भनाइ थियो ।
सन् २०३० सम्म १०० खर्बकाे अर्थतन्त्र निर्माण गर्न र नेपालमै राेजगारी सिर्जना गर्न युवा उद्यमी जन्मिनु पर्छ भन्दै गाेल्छाले सरकारले छिट्टै स्टार्टअप नीति ल्याउनु पर्नेमा जोड दिए ।
‘सपना देख्नूस्, याेजना बनाउनूस् र मेहनत गर्नूस् । हाम्रो लागि खुल्ला बजारका अवसरहरु धेरै छन् । एक दिन हाम्रो नवप्रबर्द्धन आइडिया र उत्पादन सजिलोसँग बिक्रीकाे अवसर छ’ गाेल्छाले भने, “विश्वकाे प्रतिस्पर्धा र विकसित अर्थतन्त्रको बीचमा हामी उचाइको उडान भर्न सक्छौं ।’
कार्यक्रममा बाेल्दै युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरका अध्यक्ष चिराग गाेयलले युवा साेचलाई उद्यममा रुपान्तरण गर्न अवार्ड कार्यक्रम सफल भएको बताए । राेजगारीका लागि विदेशीन भन्दा पनि युवाहरु स्वदेशमै राेजगारी सिर्जना गर्न सक्षम बनाउन यस्तो कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिने गाेयलले बताए ।
अवार्ड कार्यक्रमकाे नेतृत्व गरेका उद्यमी मञ्चका द्वितीय उपाध्यक्ष अभिमन्यु गाेल्छाले युवा उद्यमी साेचलाई पाकाे व्यवसायमा बदल्न कार्यक्रम महत्त्वपूर्ण भएको बताए ।
प्रतिक्रिया 4