
काठमाडौं । मंसिर २३ गते रिलिजकाे तयारीमा रहेको फिल्म ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा एक्सन प्रधान ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा दक्षिण एसियाली खेलुकदमा स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सन समेटिएको छ ।
२४ वर्षपछि राई यही फिल्मबाट अभिनयमा पुनरागमन गर्दैछन् । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा अभिनय गरेका थिए ।
राईले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशाैं एसियाली खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको साफमा स्वर्ण जितेका छन् ।
कार्यक्रममा बोल्दै राईले गाउँ बस्ती, देश र आफ्नो माटोले सम्झिरहेको बताए । उनले भने मेरो गाउँ बस्तिले मलाइ खोजेको छ, मेरो देशले मलाई खोजेको छ, मंसिर २३ गते चलचित्र आउँदैछ, म फेरि आउँदै छु तपाईंको लागि, चलचित्रले निराश बनाउने छैन’
मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्म ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मा लिम्बू, एन्जल राई, टीकाराम ठकुरी र सोनिका राईको पनि अभिनय छ ।
निर्देशन युवराज राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू छन् । गीतमा आनन्द राई र सन्तोष दुमी राईको संगीत छ ।
प्रतिक्रिया 4