
२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् ।
शनिबार काठमाडौं– १ मा चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता जनाए ।
उनले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुराको महसुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए ।
‘१५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौं’ उनले भने ।
नेता पौडेलले काठमाडौं १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गरे ।
प्रतिक्रिया 4