
२६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गरेको भन्दै उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले मेयर जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
साथै नगरपालिकाको तलब भत्ता एवं प्रशासनिक खर्चबाहेक अन्य रकम निकास नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4