
काठमाडौं । लागुऔषधविरुद्धको सन्देश दिने फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ ।
अभिनेता राजेश हमालको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माताले गीतसहित रिलिज मिति पनि घोषणा गरे । यो फिल्म मंसिर १५ मा रिलिज हुने भएको छ ।
निर्माता विनोद लामाले फिल्मलाई एक साता मात्रै हलमा प्रदर्शन गर्ने बताए । फिल्मलाई बागमती प्रदेशमा हलमै रिलिज गर्ने र अन्य प्रदेशमा चाहिं च्यारिटी शैलीमा प्रदर्शन गर्ने जनाए ।
अभिनेता हमालले लागुऔषधविरोधी अभियानलाई सरकारले सञ्चालन गर्नुपर्ने बताए । सामाजिक सन्देशसहितको फिल्म निर्माण गरेकोमा उनले निर्मातालाई बधाई समेत दिए ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाले स्कुल कलेजमा पढ्दै गरेका थुप्रै विद्यार्थी कुलतको सिकार बनिरहेको भन्दै त्यो बाटो बन्द गर्न यो प्रकारको फिल्मले सकारात्मक सञ्चार दिने बताइन् ।
यो फिल्मको प्रदर्शनमा निर्माताले प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, प्रहरीसँगै जेसिज, नार्कोनन, प्याब्सन, एन-प्याब्सन, हिसान, शिक्षक महासंघ लगायतसँग सहकार्य गरेका छन् ।
जतिसक्दो लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिइएको लामाले बताए ।
नवीन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।
सार्वजनिक गीतमा प्रज्ज्वल श्रेष्ठको स्वर रहेको रहेको छ भने शब्द तथा संगीत प्रज्वल श्रेष्ठ र नबीन बोगटीको छ ।
प्रतिक्रिया 4