+

योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी

२०७९ कात्तिक  २७ गते १२:५७ २०७९ कात्तिक २७ गते १२:५७
योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी

उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल कारक बन्ने गरेको छ । के त्यसो भए जीवनशैली सुधार गरेर रक्तचाप सन्तुलित राख्न सकिएला ?

चिकित्सकले यसको जवाफ ‘सकिन्छ’ भनी दिने गरेका छन् । अतः स्वस्थ्यकर जीवनयापनले उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । यसमा अभिन्न रुपमा जोडिन्छ, योग, प्राणायम र ध्यान पनि ।

यसै विषयमा योगा प्रशिक्षक तथा आहारविद् डा. राजु अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

उच्च रक्तचाप नियन्त्रणका लागि योग, ध्यान, व्यायामको कुनै भूमिका हुन्छ ?

खासगरी मुटुरोग, उच्च रक्तचाप र मोटोपन घटाउन प्रभावकारी भएकै कारण योग र ध्यान विश्वभर नै प्रचलनमा छन् ।

उच्च रक्तचापको बाधारहित वा साइड इफेक्ट विनाको उपचारमा योग, ध्यान र प्राणायाम एक सर्वोत्कृष्ट विधि हो । योगमा पनि ध्यान र प्राणायामले उच्च रक्तचाप भएका बिरामीका लागि निकै फाइदा गर्छ ।

ध्यानबाट शरीरका आन्तरिक अंग मुटु र नसनाडीलाई आराम दिने गर्छ । रगतको प्रभावलाई सुचारु गराउँछ । यो रोग मनोदशासँग जोडिएको कारण मनलाई शान्त बनाउँछ । मनलाई शान्त र एकाग्रता बढाउँछ ।

उच्च रक्तचाप नियन्त्रणका लागि अनुलोमविलोम र भ्रामरी प्राणायाम एकदमै प्रभावकारी हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि प्राणायाम सर्वोत्तम हो । त्यसमा पनि अनुलोमविलोम । अनुलोमविलोम शान्त स्थितिमा गर्नुपर्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि कस्तो प्राणायाम प्रभावकारी हुन्छ ?

उच्च रक्तचाप नियन्त्रणका लागि अनुलोमविलोम र भ्रामरी प्राणायाम एकदमै प्रभावकारी हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि प्राणायाम सर्वोत्तम हो । त्यसमा पनि अनुलोमविलोम । अनुलोमविलोम शान्त स्थितिमा गर्नुपर्छ ।

यो श्वासप्रश्वासको क्रोनिक  र धेरै कडा रोग भएकाले भने सास तान्दै रोक्दै फाल्दै विस्तारै गर्नुपर्छ । यो एकपटकको बसाइमा १५ मिनेट गर्ने पर्छ । यसैगरी भ्रामरी पनि उच्च रक्तचाप नियन्त्रणको राम्रो काइदा हो । यो एक पटकको बसाइमा पाँच मिनेट गर्नुपर्छ ।

त्यसबाहेक शीतली प्राणायाम गर्न सकिन्छ । जुन जाडो महिनामा मात्र गर्न उपयुक्त हुन्छ ।  यो प्राणायाम हावा लिने र हावा पिउने भएर एसिड अम्लहरु शान्त हुन्छ । यो जाडोमा चिसो बनाउने हुँदा मन शान्त र ह्वात्तै रक्तचाप घटाउने गर्छ ।

के ध्यान विधिबाट पनि उच्च रक्तचाप भएका लाभान्वित हुन्छन् ?

ध्यानको मनलाई शान्त बनाउने र राम्रो विचारमा नुहाउने कला नै ध्यान हो । ध्यान कल्पनाको सुरुवातबाट हुन्छ । त्यसैमा हराउने, मुग्ध हुने गरिन्छ । ध्यानको सबैभन्दा सहज विधि भनेको आफ्नो सासलाई उल्टो संख्यामा लिंदै गर्नु सकिन्छ ।

सकेसम्म बिहानको समयमा आसनमा बसेर कुनै पनि ध्यान प्राणायाम योगा गरेको राम्रो मानिन्छ । तर आफूलाई समय निकालेर सहज हुने गरी बिहान, दिउँसो र साँझ पनि गर्न सकिन्छ । यो समयमा खानेकुरा खान हुँदैन ।

कस्तो योग वा व्यायामले रक्तचाप नियन्त्रण गर्छ ?

मन्दमन्द गतिमा सूर्य नमस्कार गर्न सकिन्छ । भुइँमा पल्टिएर गर्ने योगासानमा नौकासन, गौमुख आसन, पुतली आसन, बालासन, पद्मासन, शवासन, शशांकासन र भुजांगासन सबैभन्दा बढी प्रभावकारी मानिन्छ ।

यी योगासनले रक्तसञ्चार बढाउने, तनाव कम गराउने, दिमागलाई शान्त बनाउने, स्यायु प्रणालीमा सक्रिय बनाउने हुँदा यी धेरै प्रभावकारी मानिएको हो ।

यस्तो योग वा व्यायाम कुन समयमा र कति अवधि गर्नु जरुरी हुन्छ ?

यी योगासनलाई जसरी कम्युटरमा सफ्टवेयर, हार्डवेयर र विद्युत शक्ति निहित हुन्छ, त्यसरी नै हाम्रो जीवनमा पनि यी तीनवटा अभिन्न अंग छन् ।  सफ्टवेयर भनेको मन हो त्यसका लागि ध्यान, हार्डवेयर भनेको शरीरको त्यसको लागि आसन र विद्युत भनेको श्वास हो, त्यसको लागि प्राणायाम चाहिन्छ ।

यी सबै क्रिया २०–२० मिनेट मिलाएर गर्न सके शरीरका धेरै रोगमा फाइदा पुर्‍याउँछ । उच्च रक्तचापका समस्या भएकाहरुका लागि यो भन्दा ठूलो प्राकृतिक ओखती अरु छैन ।

समयानुसार योग ध्यान आसन र प्राणायाम सबै मिलाएर एक घण्टा जति गर्नु राम्रो हुन्छ । सकेसम्म ध्यानलाई छुटाउनु हुँदैन । कपालभाँती पाँच मिनेट, १५ मिनेट अनुलोमविलोम र सात मिनेट भ्रामरी नछुटाई गर्नु जरुरी छ ।

यसको कुनै साइड इफेक्ट हुने डर हुन्छ ?

उच्च रक्तचापका बिरामीमा साइड इफेक्ट गर्न सकिन्छ । सकेसम्म विज्ञको परामर्श लिएर गर्नु राम्रो हुन्छ । बढी थकाउने र गलाउने गरी यो अभ्यास गर्नु हुँदैन ।

यस्तो योग, व्यायाम रक्तचापको औषधि खाइरहेकाले पनि गर्न सक्छन् ?

यस्तो योग, व्यायाम रक्तचापको सामान्य औषधि खाइरहेकाले पनि गर्न सक्छन् । तर रक्तचाप बढिरहेको छ भने सकेसम्म योगासन गर्नु हुँदैन । उनीहरुले ध्यान र प्राणायाम गर्न सक्छन् ।

यस किसिमको योग र व्यायामले पूर्ण रुपमा रक्तचाप नियन्त्रण गर्छ ?

अहिलेसम्म भएका अनुसन्धानहरुमा यदि योग, ध्यान र व्यायाम नियमित र सही ढंगले गर्न सकियो भने पूर्ण रुपमा रक्तचाप नियन्त्रण गर्न सकिने दाबी गरिएको छ । तर त्यसमा रक्तचाप मात्रै छ भने यो सम्भव छ ।

रक्तचापसँगै अन्य रोग पनि जोडिएको छ भने सबै रोगको अवस्था हेरेर एउटा प्याकेज बनाउनुपर्छ । यसरी बनाइयो भने चाहिं अवश्य पूर्ण रुपमा उच्च रक्तचाप नियन्त्रण हुन्छ । कतिपय अवस्थामा दुई वर्षसम्म लगातार अभ्यास गर्दा कतिपय जटिल रोगबाट छुटकारा मिलेको उदाहरण पनि छ ।

योग, ध्यान र प्राणायाम सही रुपमा गर्दा उच्च रक्तचापको औषधि छुटाउने अवस्थामा पनि ल्याइपुर्‍याउँछ ?

यदि सधैं एकै समयमा नियमित योगासन, प्राणायाम र ध्यान गर्न सकेमा औषधि छुटाउने अवस्था पनि ल्याउनसक्छ । त्यसैले यसको लागि आस्था, श्रद्धा, एकाग्रता र सही ढंगले नियमित अभ्यास गर्ने हो भने औषधि छुटाउन सम्भव छ ।

उच्च रक्तचाप भएकाले मूलतः के कस्ता योग गर्नै हुँदैन ?

ध्यान र प्राणायाम जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ । विपरीत करणी आसनहरु जस्तै  शीर्षासन, हलासान सकेसम्म गर्नु हुँदैन । त्यस्तै धेरै एमजीका औषधि खाने बिरामी र कहिलेकाहीं एक्कासि रक्तचाप बढिरहेको अवस्था छ, मुटुको समस्या बढिरहेको छ भने पनि यी आसन गर्दा थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले योगाभ्यास गर्नुअघि चिकित्सकको सुझाव लिन सकिन्छ ।

डा. राजु अधिकारी प्राणायाम योग
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?