
काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।
यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई विना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ ।
यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ
भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेबिट कार्डका सम्पूर्ण ग्राहकहरुले अधिकतम लाभ लिने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4