
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड निकै रोचक देखिएको छ । टीम प्रमोदको नकआउट एपिसोडसँगै सुरु भएको श्रृंखलामा शनिबार बेलुका टीम राजुका ट्यालेन्टले प्रतिस्पर्धा गरे ।
टीम राजुबाट पनि तीन जना छानिएका छन् र उनीहरु लाइभ शोमा प्रवेश गरेका छन् । करण राई, रिवाश गुरुङ र रिहान गिरी टीम राजुबाट आगामी चरणमा प्रवेश गरेका हुन् । भुटानबाट आएका प्रतिस्पर्धी रिहानले दार्जिलिङ र आसामका दुई भारतीय प्रतिस्पर्धीलाई हराए ।
अर्को साता टीम प्रविशा र राजेशपायलका प्रतिस्पर्धीबीच नकआउट राउण्ड हुनेछ । लाइभ शोमा नकआउटबाट छानिएका १२ जनाबीच प्रतिस्पर्धा हुनेछ । लाइभ राउण्डमा दर्शकको भोटको आधारमा निर्णय हुनेछ । दर्शकको भोट हुने भएकाले यो राउण्ड झनै रोचक हुने अपेक्षा गरिएको छ ।
द भ्वाइस अफ नेपाल हिमालय टीभीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4