
२७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन् ।
संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सो सम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले यसले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका हुन् ।
सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङ्ग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै उनले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच विस्तारै सहकार्य गर्दै लैजानु पर्नेमा जोड दिए ।
‘काठमाडौं महानगरमा साना सवारी धेरै छन् । सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपुर्याएका कारण पनि मोटरसाइकल र साना सवारीहरुको संख्या बढेको हो । रिङ रोडमा मात्रै हिसाब गर्दाखेरी अहिलेको जस्तो बसको साइज २ सय जति भए पुग्नेमा २ हजार भन्दा बढी बसहरु गुडेका हुन्छन’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने । प्राधिकरण गठन भएपछि प्रतिस्पर्धारहित सार्वजनिक सवारी हुनेहुँदा चक्रपथमा २ सय वटा गाडी भए पुग्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4