
२७ कात्तिक, चितवन । भरतपुर महानगरभित्रै पर्छ, हाकिमचोक । नेकपा एमालेको जिल्ला पार्टी कार्यालयभन्दा केही परको चोकमा रहेको चियापसलमा छौं हामी । यो चियापसलमा भेटिएका स्थानीय किसान, व्यापारी, बुद्धिजीवीलगायतसँग अनलाइनखबर डटकमले चलाएको यो छलफल राम्रोसँग सुनियो भने ४ मंसिरको आसन्न आम चुनावमा चितवन-२ को जनमत कता ढल्किँदैछ भन्ने पत्तो पाइन्छ ।
चितवन २ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेल एमालेका तर्फबाट फेरि उम्मेदवार छन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ उनीसँग लड्दैछन् । उनीहरुकै बीचमा आइपुगेका छन् रवि लामिछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उपस्थितिले यो क्षेत्रको चुनावी रौनक रोचक बन्ने देखिन्छ ।
तर यो चिया पसलमा भेटिने व्यक्तिहरु एउटै किसिमको राय भने बनाउँदैनन् । तब त चिया पसल, जहाँ विविध विचारहरुको मन्थन हुन्छ ।
यहाँको छलफल हुनुभन्दा एक दिनअघि हामी चितवन २ कै उत्तरी क्षेत्रमा पर्ने भोजाड नजिकै लामाटोल पुगेका थियौं । त्यहाँ पनि स्थानीय बासिन्दाले विभिन्न किसिमका राय व्यक्त गरेको पाइयो । चितवन २ को आगामी चुनाव परिणाम के होला भन्ने आम जिज्ञासालाई यी दुई भिडियोले एक हदसम्म प्रतिनिधित्व गर्छन् । हेरौं दुवै भिडियो ।
भिडियो तथा तस्वीर : शंकर गिरी
प्रतिक्रिया 4