
२७ कात्तिक, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्।
आइतबार रोल्पाको घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि गठबन्धन बनेको हो । यसैले चुनावपछि संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउँछ।’
पुनले ‘निरंकुशता र प्रतिगमन’ रोक्न कांग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4