+
+

रौतहटमा प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले सोध्यो ५ जनालाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १९:५९

२७ कात्तिक, रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो ।

पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन नेकपा एमालेको मधेस प्रदेश कमिटीले उनीहरुका नाममा पत्र काटेको छ ।

अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको छ ।

प्रभु साहले नेकपा एमालेको टिकट लिएर पनि रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनलाई सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?