२८ कात्तिक, काठमाडौं । अलेजान्ड्रो गार्नाचोले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा फुलहमलाई २-१ ले पराजित गरेको छ ।
फुलहमको मैदानमा गएराति भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गार्नाचोले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै युनाइटेडलाई ३ अंक दिलाए ।
त्यसअघि खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
फुलहमका डानिएल जेम्सले ६१ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला गार्नाचोले विजयी गोल गरे ।
नोभेम्बर २० देखि कतारमा हुने पिफा विश्वकपका लागि अब प्रिमियर लिगमा ६ साता ब्रेक हुनेछ र डिसेम्बर अन्त्यमा फेरि सुरु हुनेछ ।
जितपछि १४ खेलबाट २६ अंक जोडेर युनाइटेड पाँचौ स्थानमा छ । फुलहम १९ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया 4