२८ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्यानडाले टिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक जोन हेर्डम्यानले आइतबार २६ ससस्यिय टोली घोषणा गरेका हुन् ।
क्यानडा विश्वकपको समूह ‘एफ’ मा छ । क्यानडाले नोभेम्बर २३ मा बेल्जियमसँग पहिलो खेल खेल्नेछ ।
गोलकिपर : जेम्स पान्टेमिस, मिलन बोर्जान, डायने क्लेयर
डिफेण्डर : सामुएल एडेकुग्बे, जोएल वाटरम्यान, एलिस्टेयर जोन्स्टोन, रिची लार्यए, कमल मिलर, स्टेभेन भिटोरिया, डेरेक कोर्नेलिउस
मिडफिल्डर : लियम फ्रेजर, इस्माइल कोने, मार्क एन्थोनी काय, डेभिड वटरस्पुन, जोनाथन ओसोरिओ, अतिबा हचिनसन, स्टेफन युस्टाक्वियो, सामुएल पिएट्टे
फरवार्ड : लियम मिलर, लुकास काभाल्लिनी, इके उग्बे, ताजोन बुचानान, जोनाथन डेभिड, साइल लारिन, अल्फोन्सो डेभिस, जुनिओर होइलेट
प्रतिक्रिया 4