
काठमाडौं । मोडल तथा टेलिभिजन होस्ट रेश्मा घिमिरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् ।
काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी गौतमको चुनावी घरदैलोमा मोडल घिमिरेले पनि सहभागिता जनाएकी हुन् ।
पेप्सीकोलाको घरदैलोमा उनले सोविताको पक्षमा भोट समेत मागिन् । ‘नेपाल आइडल’की होस्ट रहेकी रेश्मा म्युजिक भिडियोमा चर्चित मोडल समेत हुन् ।
शनिबार अभिनेत्री वर्षा सिवाकोटीले पनि सोविताको पक्षमा भोट मागेकी थिइन् । त्यसअघि मोडल उषा उप्रेती पनि सोविताको पक्षमा खुलेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4