+
+

आईएसएमटी जब फेयर : कलेज पढ्दै गरेका विद्यार्थीलाई जागिरको अफर 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १४:३५

काठमाडौं । काठमाडौंको गैरीधारामा रहेको आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी जब फेयर’ मा सहभागी विद्यार्थीहरुले कलेज पढ्दा पढ्दै जागिरको अवसर पाएका छन् ।

कलेजमा आइतबार आयोजित जब फेयरमा सहभागी विद्यार्थी मध्ये २०० भन्दा धेरै विद्यार्थीहरु पहिलो चरणमा छनोट भएको कलेजले जनाएको छ । जब फेयरमा सहभागी विद्यार्थीहरुसँग विभिन्न १४ वटा कम्पनीले अन्तरवार्ता लिएका थिए ।

जब फेयर मार्फत ग्र्याजुएट भएका विद्यार्थीलाई विभिन्न कम्पनीले जागिरको लागि अवसर प्रदान गरेको कलेजका एकेडेमिक कोर्डिनेटर गिरिस दाहालले बताए । ‘फेयरबाट केही कम्पनीले इन्टनसीपका लागि मागेका छन्, भने कुनै कम्पनीले सिधै जागिरका लागि अफर गरेका छन्,’ उनले भने, ‘उक्त फेयरमा ग्र्याजुएट भएका र अन्तिम वर्षका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।’

कलेजमै आएका कम्पनी प्रतिनिधिहरुले विद्यार्थीहरुसँग जागिरका लागि अन्तर्वार्ता दिएका थिए । पहिलो पटक आयोजना गरेको जब फेयरबाट ग्रयाजुएट भएका विद्यार्थीले करिअर बनाउन सहयोग पुग्ने दाहालले बताए ।

‘विद्यार्थीहरूले तीन वर्ष यहाँ पढिसकेपछि जबका लागि जाँदा केही पनि गाह्रो हुँदैन । किनकि हामीले विद्यार्थीलाई त्यसका लागि तयार बनाइसकेका हुन्छौं,’ उनले भने, ‘विद्यार्थीहरूलाई उनीहरू ग्राजुएट भएपछि उनीहरूको करिअरमा सहयोग गर्न हाम्रो पनि कर्तव्य हुन्छ भनेर जब फेयरको आयोजना गरेका हौं ।’

कलेजकी बीबीए प्रोग्राम हेड अनिश्मा आचार्यले विजसेन र आईटी पढेका विद्यार्थीले जब फेयरबाट सेवा पाएको बताइन् ।

अहिले आईटी र विजनेशलाई मात्र टार्गेट गरेको र जब फेयरमा आईटी र विजनेशका १२ वटा कम्पनीको सहभागिता रहेको उनको भनाइ छ । ‘जब फेयर मार्फत लिफ्रग, सोर्सकोड, सेलकम, पाईथन कम्पनी, सिपद्री, फुडमाण्डु, सोेर्सकोड मिडिया, नारायणी अटो, मिडिया हब, पाई टिच, एफ वान सफ्ट, सेल्सबेरी, सजिलो सेवा लगायतका कम्पनीको सहभागिता रहेको थियो’ उनले भनिन् ।

कम्पनीहरूले आफ्नो आवश्यकता र योग्यताका आधारमा विद्यार्थीहरूलाई छनोट गरेको पनि कलेजले जनाएको छ । छनोटमा परेका विद्यार्थीहरूले सो कम्पनीमा सिधै जागिर तथा इन्टर्नसीपको लागि मौका पाउनेछन् ।

केही कम्पनीले पहिलो चरणको छनोट गरेर दोस्रो चरणका लागि कार्यालयमा बोलाएका छन् ।
सिप्रदीका म्यानेजमेन्ट ट्रेनी आकर्ष महर्जनले जब फेयरबाट राम्रा राम्रा विद्यार्थी पाएको प्रतिक्रिया दिए । फेयरमा फ्रेस व्यक्तिले आवेदन दिएको र उनीहरूको प्रफर्मेन्सको आधारमा जागिर दिइने मर्हजनले बताए । पाइटेकका सीईओ तथा फाउण्डर रिसबललित झाले आफ्नो कम्पनीले चाहेजस्तो विद्यार्थी फेयरमा भेटेको बताए ।

आईएसएमटीका ग्रेजुटए विद्यार्थीमा आईटीको राम्रो ज्ञान भएको पाएको पनि उनको भनाई छ । उनको कम्पनीले फेयरबाट तीन जनालाई उच्च प्राथमिकतामा राखेर थप जागिरका लागि प्रक्रिया अगाडि बढाइसकेको बताए ।

यस्तै सेल्सबेरीका एचआर अफिसर निरोज महर्जनले फेयर कर्पोरेट हाउसहरूको लागि निकै राम्रो प्लेटफर्म भएको बताए । राम्रो क्यान्डिडेट पाउनको लागि जेब फेयरले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । आफ्नो कम्पनीले ‘१३ जनामा ३/४ जनालाई यहीबाट सर्टलिष्ट गरेर हेड अफिसमा अर्कौ राउण्डका लागि बोलाउने उनको भनाइ छ ।

यस्तै एफवान सफ्टका मानव स्रोत साधन विभाग म्यानेजर महेश थापाले इन्टर्नसीप कार्यक्रमका लागि आईएसएमटीको जब फेयरमा सहभागी भएको बताए । आफूले फेयरबाट राम्रा विद्यार्थी पाएको र कम्पनीले निकट भविष्यमा गर्न खोजेको कार्यक्रमका लागि तयार भएको उनको भनाइ छ ।

लिपफ्रगका ट्यालेन्ट एजुकेशन अफिसर सुनिल विष्टले आईएसएमटीका विद्यार्थीहरूमा एकदमै प्यासन देखिएको बताए । मार्केटको आवश्यकता अनुसार नै विद्यार्थीहरूलाई आफूलाई अपडेट गराउँदै आएको पाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?