
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले विश्वकप फुटबल प्रतियोगिताको अवसरमा ‘सेभ लाइक अ च्याम्पियन’ योजना सार्वजनिक गरेको छ ।
बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस अभियानले वर्तमान र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रबर्द्धन एवं प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यो अभियान २० नोभेम्बरदेखि ३१ डिसेम्बर २०२२ सम्म सञ्चालन हुने बैंकले जनाएको छ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैकिंङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ ।
प्रतिक्रिया 4