
२८ कात्तिक, काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल र आयकर छलीको आरोपमा दुई व्यावसायिक फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।
कुलेश्वरको अंकुश सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो र युनिक ट्रेडर्स एन्ड इन्टर प्राइजेजका सञ्चालक आत्मराम पासवानविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
दुवै कम्पनीले आयाकरतर्फ १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ र नक्कली मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपैयाँ कर छली गरेको विभागको दावी छ ।
दुवै फर्मलाई आयकर र भ्याट छलीमा २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ बिगो र सोही बराबरको जरिवानासहित ४५ करोड २७ लाख ६२ हजार ४६ पैसा माग दावी गरिएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4