
२९ कात्तिक, नवलपरासी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताएका छन् ।
नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए ।
‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उनले भने, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’
प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगै सहभागी हुन नवलपरासी आइपुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4