
काठमाडौं । विज्ञापन एजेन्सी आउटरिच नेपाल ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ दी इयर-२०२२’ को फाइनलमा प्रवेश गरेको छ ।
यसअघि सन् २०१५, २०१६ र २०१७ मा गरी तीन पटक फाइनलमा पुगिसकेको आउटरिचले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आउटरिच साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ दी इयरको समूहमा रहेको छ ।
आउटरिच बाहेक यस समूहको अन्तिम चरणमा भारतका ३ वटा एजेन्सीहरु र पाकिस्तानको १ एजेन्सी पनि रहेका छन् ।
अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ र एडभर्टाइजिङ प्रोफेसनलहरुको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ मा भारतको आइटीसी मराठा मुम्बइमा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4