+

एन्फाले २९० वटा विश्वकप टिकट बिक्री गर्ने

२०७९ कात्तिक  २९ गते १७:५० २०७९ कात्तिक २९ गते १७:५०
एन्फाले २९० वटा विश्वकप टिकट बिक्री गर्ने

२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा हुने फिफा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त टिकट बिक्री गर्ने निर्णय गरेको हाे ।

नेपालले पाएको २९० टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोनसर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय पारित भएको एन्फाले विज्ञप्तीमार्फत जनाएको छ ।

कतार विश्वकप आगामी आइतबारदेखि सुरु हुँदैछ ।

मार्चमा हुने फिफा कंग्रेसका लागि एन्फा अध्यक्षलाइ जिम्मेवारी प्रदान गरी अध्यक्षले प्रतिनिधि तोक्ने अधिकार प्रत्यायाेजन गरिएको छ ।

कार्यसमिति बैठकले १३औं सागका स्वर्ण विजेता फुटबल खेलाडी प्रिजेन तामाङलाई उपचारका लागि ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै यू-२० खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च एन्फाले बेहोर्ने भएको छ ।

एकेडेमीलाई १०-१० लाख दिने

बैठकले ए डिभिजन क्लबसँग सम्झौता गरी सञ्चान भएका एकेडेमीहरुलाई यसअघिको सम्झौता अनुसार १०-१० लाख दिने निर्णय गरेको छ ।

यस्तै धरान र बुटवलमा सञ्चालित एकेडेमीलाई चैतसम्मको भुक्तानी गर्ने निर्णय पनि गरेको छ ।

ुए डिभिजन क्लवहरुले विभिन्न स्कुलसँग सम्झौता गरि संचालन भइरहेको एकाडेमीहरुलाई विगतको सम्झौताको आधारले वार्षिक १०(१० लाख रुपैया उपलब्ध गराउने र धरान र बुटवलमा संचालित एकाडेमीलाई चैतसम्मको रकम भुत्तानी गर्ने निर्णय पारित गरियो,ु एन्फाको वक्तव्यमा उल्लेख छ ।

शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफलपछि गरेको प्रस्तावलाई अनुमोदन गरिएको एन्फाले जनाएको छ ।

यसैगरी मार्केटिङ्ग, ब्रोडकास्टिङ्ग, डिजिटल राइट्स सम्बन्धमा एन्फा सचिवालयको समन्वयमा कार्यसमिति सदस्य रविन्द्र चन्दको संयोजकत्वमा एक कमिटि गठन गरी कमिटीले बनाएको योजना कार्यसमितिबाट पारित गरेर टेण्डर प्रक्रियामा जाने निर्णय भएको एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एन्फा होस्टल सन्चालनका लागि कार्यसमिति सदस्य सरिला श्रेष्ठको संयोजकत्वमा रमेश व्यन्जनकार र प्रवक्ता सुरेश शाह सदस्य रहने गरी कमिटी गठन गरिएको छ ।

एन्फा बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय