
काठमाडौं । विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् ।
वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात-सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद र र्यान्डी मेरिल समान चार-चार विधामा छानिएका छन् ।
पछिल्लो वर्षका ग्रामीमा केही आश्चर्यका खबरहरु आइरहेका छन् । दुई वर्षअघि गायक विकेन्डको दबदबा देखिएको अवार्डमा गत वर्ष जोन बाटिस्टी प्रभावशाली देखिएका थिए ।
सर्वाधिक विधामा मनोनित भएकी गायिका बियोन्सेलाई उनको पछिल्लो एल्बम ‘रेनसा’ र फिल्म ‘किङ रिचर्ड’को गीत ‘बी अलाइभ’बाट मद्दत पुग्यो । फेब्रुअरी ५ मा लस एन्जलसमा हुने ग्रामी समारोहमा बियोन्सेले प्रभावशाली जित निकाल्ने अपेक्षा छ ।
आफ्नो सांगीतिक करिअरमा बियोन्सेको यो ८८ औं ग्रामी मनोनयन हो । सांगीतिक इतिहासमा कुनै संगीतकर्मीले प्राप्त गरेको यो उपलब्धिमा बियोन्सेले गायक पति जे-जेड्सँग समान रेकर्ड कायम गरेकी छन् ।
यसपटकको ग्राममा बियोन्से र एडेलबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । मनोनयन सूची हेर्न क्लिक गर्नुस् :
प्रतिक्रिया 4