+

विश्वकपमा मानेले सेनेगलको पहिलो खेल गुमाउने

२०७९ कात्तिक  ३० गते ११:३८ २०७९ कात्तिक ३० गते ११:३८
विश्वकपमा मानेले सेनेगलको पहिलो खेल गुमाउने

३० कात्तिक, काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भएका छन् ।

खुट्टाको चोटका कारण मानेले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनका बोर्ड सदस्य अब्दुलाये सोले माने बिनै पहिलो खेल खेल्नुपर्ने बताएका छन् ।

सेनेगलले चोटका बावजुत पनि मानेलाई समेट्दै विश्वकप टोली घोषणा गरेको थियो ।

ुहामीले साडियो बिना नै पहिलो खेल खेल्न र साडियो बिना नै जित्नेमा भर पर्नु पर्छ किनभने हामीसँग उनी बाहेक २५ खेलाडीहरू छन्,ु सोले भने, ुकसैले यो चाहँदैनथ्यो, तर हामीलाई यस्तो अवस्था आयो ।ु

सोले मानेको चोटको गम्भीरताबारे स्पष्ट खुलाएका छैनन् । यस्तै सेगेनल फुटबल संघ र उनको क्लब बायर्न म्युनिखले पनि यसबारे केही सार्वजनिक गरेको छैन ।

यसअघि जर्मन च्याम्पियन्स बायर्नले माने घाइते रहेको बताएको थियो । तर, सेनेगलका प्रशिक्षक अलिउ सिसेले मानेलाई शल्यक्रियाको आवश्यकता नरहेको भन्दै विश्वकप टिममा समावेश गरेका थिए ।

समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २२ मा नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ ।

फिफा विश्वकप साडियाे माने सेनेगल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय