
३० कात्तिक, भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोजपुरबाट सुदन किरातीलाई जिताएर पठाए रोजेको मन्त्री बनाउने बताएका छन् ।
भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदन किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताए । ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरु सुदनलाई जिताएर पठाउनुस् ।’
भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।
तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी भएको यो सभास्थल नजिकै बम विस्फोट हाद बम बोक्ने युवा आफैं घाइते भएका थिए । बम विस्फोटपछि पुगेका प्रचण्डले त्यसबारेमा भने केही बोलेनन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको आईडी बम विष्फोट भएर घाइते भएका प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा करिब २०० मिटर परको वान्तवा होटलमा सुमनले बोकेको बम आफैं पड्किएको भोजपुरका डीएसपी शरत थापा क्षेत्रीले बताए ।
डीएसपी क्षेत्री भन्छन्, ‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’ सुमन भोजपुरको चरम्बीका हुन् । उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ ।
प्रतिक्रिया 4