+
+

यती स्काइ क्लबका सदस्यलाई रेष्टुरेन्टमा ५० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १८:३४

काठमाडौं । यती एयरलाइन्सका स्काइ क्लब सदस्यले भोज डिल्समार्फत काठमाडौंका विभिन्न रेष्टुरेन्टमा छुट पाउने भएका छन् ।

फुड एप ‘भोज डिल्स’सँगको सहकार्यमा यतीले आफ्नो स्काइ क्लबका सदस्यलाई काठमाडौंका १५० वटा भन्दा बढी रेष्ट्ररेण्टहरुमा छुट पाउने व्यवस्था मिलाएको बताएको छ ।

भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्ट्ररेन्टमा बिल भुक्तानी गर्दा यती एयरलाइन्सको स्काइ क्लब कार्ड देखाएमा १० देखि ५० प्रतिशतसम्म छुट हुने यती एयरलाइन्सले जनाएको छ ।

यती एअरलाइन्सले लोयल्टी प्रोग्राम अन्तर्गत स्काइ क्लबको सदस्यता लिएका यात्रुहरुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्ना फ्रिक्वेन्ट फ्लायर्सहरुलाई थप सुविधा दिने उद्देश्यले ‘डाइन इन डिल्स’मा यो छुटको सुुविधा दिने व्यवस्था मिलाइएको जनाएको छ । यो सुविधा १ मंसिरदेखि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?