+

३६ खेलसम्म अपराजित अर्जेन्टिना, कीर्तिमान बराबरी गर्न एक खेल टाढा

२०७९ मंसिर  १ गते ७:५८ २०७९ मंसिर १ गते ७:५८
३६ खेलसम्म अपराजित अर्जेन्टिना, कीर्तिमान बराबरी गर्न एक खेल टाढा

१ पुस, काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५-० ले पराजित गरेको छ ।

अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याएको छ ।

अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा छ ।

सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले हार बेहोरेको छैन ।

कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे ।

डि मारियाले दुई गोल गरे भने मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरे ।

अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो ।

कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छन् ।

अन्य मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १-० ले, पोल्याण्डल चिलीलाई १-0 र क्रोएसियाले साउदी अरेबियालाई १-० ले नै पराजित गरेको छ । विश्वकप खेल्ने तयारीमा रहेको रहेको मेक्सिको भने विश्वकपमा छनोट नभएको स्वीडेनसँग २-१ ले पराजित भयो ।

यस्तै विश्वकपमा छनोट हुन असफल रहेको इटलीले अल्बानियालाई ३-१ ले हरायो ।

अर्जेन्टिना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय