
हत्या आफैंमा गम्भीर अपराध हो । तर केही हत्या यस्ता हुन्छन्, जसमा हत्यापछि पनि अपराधीले शवमाथि अत्याचार गरेर अर्को अपराध गरेको हुन्छ ।
जर्मनीको रोटेनबर्गमा बस्ने आर्मिन मेवेसले एकजना व्यक्तिलाई आफ्नो घरमा बोलाएर उसको हत्या गरे अनि मारिएको व्यक्तिको गुप्तांग काटेर पकाउर खाए । यत्तिले मात्र पुगेन, उनले त्यो सबै घटनाक्रमको भिडियो पनि तयार गरे ।
पेसाले कम्प्युटर टेक्निसियन हुन् आर्मिन । यो घटना सन् २००१ मा भएको हो । आर्मिनले बर्नाड ब्रान्डेस नामका व्यक्तिलाई रोटेनबर्गस्थित आफ्नो घरमा बोलाएर हत्या गरेका थिए ।
हत्यापछि उनको यौनांग काटेर पकाएर खाए अनि त्यो सबै कामको भिडियो खिचेर वेबसाइटमा अपलोड गरेका थिए ।
आर्मिनलाई सन् २००२ मा प्रहरीले उक्त हत्या अपराधमा गिरफ्तार गर्यो । सन् २००४ मा उनलाई जन्मकैदको सजाय भयो । यद्यपि अहिले उनको कैद सजाय भुक्तान भैसकेको छ ।
आफूले हत्या गरेका व्यक्ति आफैंले स्वयंसेवकको रुपमा आफूसँग सम्पर्क गरेको आर्मिनको दाबी छ । आफूले आफ्नो वेबसाइटमा हालेको विज्ञापनका आधारमा ब्रान्डेसले आफूसँग सम्पर्क गरेको उनको जिकिर छ ।
उनका अनुसार जर्मनीमा मान्छेको मासु खाने लत भएका मानिसको संख्या करिब ८ सय छ । ती मानिसहरुले मान्छेको मासु खाएरै संसारको दैवी शक्तिसँग सम्बन्ध स्थापित गर्न चाहेको उनले बताएका छन् ।
अदालतमा बयान दिने क्रममा आर्मिनले आफूलाई बाल्यकालदेखि नै मान्छेको मासु खाने सपना रहेको बताएका थिए ।
आमाको निधनपछि आफूले आफ्नो एक बाथरुमलाई बधशालामा परिणत गरेको उनले बताएका छन् ।
आर्मिनले ब्रान्डेसलाई मारेर केवल उनको यौनांग मात्र खाएनन् सबै शरीरको मासुलाई १० महिनासम्म फ्रिजमा राखेर दैनिक मासु पकाएर खाए ।
एजेन्सी
प्रतिक्रिया 4