
१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।
प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
नेपाल समाजवादी पार्टीका नेता यमी माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्न दिएर लडेकी छन् र सत्ता गठबन्धनको उनलाई समर्थन छ ।
यहाँ नेकपा एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4