+
+

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन ‘फास्ट बैंकिङ’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:४१

काठमाडौं । ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरिएको छ । नेपाली बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्यालाई समाधान गर्ने उद्देश्यले पाँच वर्ष लामो अध्ययन तथा अनुसन्धानबाट फास्ट बैकिङ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा फास्ट बैंकिङ लञ्च गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ र आईटी क्षेत्रसँग सम्बन्धित कर्मचारी, भुक्तानी तथा फिनटेक क्षेत्रमा प्रतिनिधि सहभागी थिए ।

नेपाल बैंकर्स एसोसिएसनका अक्ष्यक्ष तथा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एपको अनावरण गरे ।

स्मार्ट चोइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ सेवा लिई डिजिटल बैंकिङ अनुभवलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

अहिले बैंक तथा वित्तीय संस्थामा प्रयोग भएको मोबाइल बैंकिङ सेवा भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखामै धाउनु पर्ने बाध्यता रहेको कम्पनीको भनाइ छ ।

सोलुसनमा थप सुविधाका साथ ओपन एपीआईमार्फत बैंकका थप सेवालाई मोबाइल बैंकिङमै जोड्न सकिने उनले जानकारी दिए । फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने उनले जानकारी दिए ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ बजारमा उपलब्ध मोबाइल बैंकिङ भन्दा सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने बारे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?