
१ मंसिर, काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका कमी कमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
निर्वाचनको मौन अवधि सुरु हुनुअघि एक भिडियो सन्देश जारी गर्दै उनले राप्रपाले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेर्ने आमचाहना परिपूर्ति गर्ने संकल्प लिएको पनि बताए ।
उनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिई विजयी गराउन अपिल गरेका छन् ।
अध्यक्ष लिङ्देनले जीवनमा पहिलोपटक भोट हाल्न लागेका युवा मतदातालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4