+
+

९० प्रतिशत मतदाता गठबन्धनको पक्षमा हुनुहुन्छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:४५

१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि लगातार तीन वटा चुनाव जितिसकेका उनी चौथो जितको खोजीमा छन् । संघीय सरकारका अर्थमन्त्री समेत रहेका जनार्दन शर्मासँग गरिएको कुराकानी :

तपाईंको चुनावको अभियान कस्तो रह्यो ?

चुनाव जस्तो नभएर सांस्कृतिक महोत्सव जस्तो भइरहेको छ । आज ११औं सभा गर्दैछौं । नाचगान, हर्षोल्लाससहित सांस्कृतिक माहोलमा गाउँगाउँ पुगेको छु ।

घरघरमा भोट माग्न पुग्नुभएको छैन ?

घरघरमा पुग्न भ्याइएको छैन । तर म मतदाताको मनमनमा पुगेको छु ।

उनीहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

मतदाताको प्रतिक्रिया अत्यन्त सकारात्मक छ, उत्साहपूर्ण छ । विकास र समृद्धिको चाहना छ । मैले पनि ती चाहना पूरा गर्ने संकल्प गरेको छु ।

विगतका चुनावमा पनि यस्तै संकल्प गर्नुभएको थियो, ती कति पूरा भए ?

मैले यहाँबाट तीनपटक चुनाव जितें । पहिलो कार्यकाल शान्ति प्रक्रियाका काम गर्ने क्रममा बित्यो । धेरै पूरा भए, केही बाँकी छन् । दोस्रो कार्यकालमा उज्ज्यालो रुकुम बनाएँ । त्यही बेला देशमा हुँदै आएको १८ घण्टे लोडसेडिङ पनि अन्त्य गरें ।

तेस्रो कार्यकाल उत्पादनलाई उद्योगसँग जोड्ने काममा बित्यो । यद्यपि काम गर्दागर्दै कोभिड महामारी आयो । कोभिड नियन्त्रणमा बढी ध्यान केन्द्रित गर्नुप¥यो र त्यो काम प्रभावित भयो । तर, आर्थिक समृद्धिमा लैजाने आधार तयार भने भयो ।

अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा फड्को मार्ने योजना छ । गठबन्धनका दलहरूसँग पनि हाम्रो त्यही सहमति भएको छ ।

गठबन्धनको सहमति त यही चुनावका लागि मात्रै त होला, त्यसपछि के मतलब होला र ?

होइन, यो चुनावपछि पनि हामी एकसाथ हुन्छौं । यो गठबन्धन संस्कृतिलाई अझै १०÷१५ वर्ष लैजाने योजना छ । हामी मिलेरै राजनीतिक स्थिरता कायम गर्ने, देशलाई आर्थिक समृद्धिमा लैजाने र जनताको जीवनस्तर उकास्ने काम गर्नेछौं ।

यही क्षेत्रमा नेकपा एमालेका नन्दराम देवकोटा र एकजना बागी उम्मेदवार पनि हुनुहुन्छ । उहाँहरूलाई कसरी लिनुभएको छ ?

हो, केही उम्मेदवारहरू प्रतिस्पर्धामा हुनुहुन्छ । लोकतन्त्रमा चुन्ने र चुनिने अधिकार सबैलाई हुन्छ । मैले स्वाभाविक रूपमा लिएको छु ।

चुनावी नतिजा कस्तो हुने आकलन गर्नुभएको छ ?

रुकुम पश्चिमका ९० प्रतिशतभन्दा बढी मतदाता गठबन्धनको पक्षमा हुनुहुन्छ । नेपाली कांग्रेसका आदरणीय नेता, पूर्वराज्यमन्त्री गोपालजीजंग शाह चुनाव प्रचार समितिको संयोजक भएर सक्रिय हुनुहुन्छ । हामी सँगसँगै नाच्दै गाउँदै उत्सवमय ढंगले चुनावी अभियान चलाइरहेका छौं । नतिजा त मंसिर ४ पछि थाहा पाइहाल्नुहुन्छ ।

रुकुमका मतदाताको मनोविज्ञान के पाउनुभएको छ र तपाईंका आगामी योजनाहरू के छन् ?

मैले बजेटमार्फत पनि आयातमुखी अर्थतन्त्रलाई अन्त्य गर्नुपर्छ भनेको छु । हामीसँग बिजुलीबत्ती, हाइड्रोजन र ग्रीन इनर्जीका प्रशस्त सम्भावना छन् । तिनलाई उपयोग गरेर निर्यात गर्न सक्छौं । पेट्रोलियम पदार्थको प्रयोगलाई विस्तारै कम गर्दै भविष्यमा प्रतिस्थापन नै गर्न सकिन्छ ।

हाम्रो संविधानमा लेखिएको समाजवाद अमूर्त छ, त्यसलाई ठोस गर्नुपर्नेछ । ठेकेदारी विकासको परम्परालाई जनसमुदायमा आधारित बनाउनुछ । परराष्ट्र नीति, सुरक्षा नीति ठोस गर्न राष्ट्रिय सहमति आवश्यक छ ।

भौतिक पूर्वाधारको विकास, कृषिलाई उद्योगसँग जोड्दै गरिबी र बेरोजगारी अन्त्य गर्नुछ । त्यसैले हामीले आर्थिक उत्पादन र रोजगार, समृद्धिको अभियान भनेर नाम नै दिएका छौं । यी सबै कामका लागि पहल गर्नेछु । यी सबै काम गर्न सकिन्छ भन्ने आत्मविश्वास मसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?