+

नेपालले टस जितेर फिल्डिङ रोज्यो, करण केसी बेन्चमा

२०७९ मंसिर  २ गते ९:०० २०७९ मंसिर २ गते ९:००
नेपालले टस जितेर फिल्डिङ रोज्यो, करण केसी बेन्चमा

२ मंसिर, काठमाडौं । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिवी क्रिकेट मैदानमा नेपालले यूएईसँग एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो ।

आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

नेपालका लागि आजको खेलमा करण केसी बेन्चमा छन् भने हरिशंकर शाहले तेस्रो खेलमा पुनः एक पटक मौका पाएका छन् ।

नेपालको प्लेइङ ११

रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी, हरिशंकर शाह, अर्जुन साउद, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी ।

यूएईको प्लेइङ ११

मोहम्मद वसिम, वृत अरविन्द, सिपि रिज्वान, वसिल हमिद, रोहन मुस्तफा, आयान खान, अहमिज राजा, जाहोर खान, अलिसान सराफू, हजरत विलाल, विष्णु सुकुमान ।

नेपाल यूएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय