+
+

काठमाडौं–५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते ११:१३

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

उनका अनुसार उनीहरुले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका मान्छेहरु एमाले समर्थक हुन् जस्तो देखिएको छैन’, श्रेष्ठले भने, ‘पहिले राप्रपामै रहेर पार्टी छाडेका मान्छेहरु देखिएका छन् ।’

यसबारे अनुसन्धान गरिदिन भन्दै राप्रपाले प्रहरीमा उजुरी पनि दिएको छ । प्रवक्ता श्रेष्ठले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाइदिन सरकारसँग पनि माग गरेका छन् ।

काठमाडौं ५ मा राप्रपाबाट ंरामप्रसाद उप्रेती उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेबाट ईश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?