+
+

भोट हाल्न गाउँ फर्किनेहरु बढे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते ११:३५

२ मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ ओसार्न निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् ।

ती गाडीहरुमा दलका झण्डा र चुनाव चिह्न राखिएका छन् । एक जना कार्यकर्ताले सबैको नाम ठेगाना टिपेर काठमाडौंबाट गाउँ पठाइएको बताए ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले कोटेश्वर, बालाजु र कलंकी क्षेत्रमा घर फर्किन चाहनेहरुको भिड देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको जानकारी पनि दिए ।

यो संख्या आज र भोलि थप बढ्ने उनको अनुमान छ । मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज र भोलि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढ्ने उनको भनाइ छ ।

 

तस्वीरहरु : विकास श्रेष्ठ/चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?