+
+

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, २ हजार बढी सुरक्षाकर्मी परिचालन   

रासस रासस
२०७९ मंसिर ३ गते ८:१२

३ मङ्सिर, वेदकोट । भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।

जिल्लाका १३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।

‘चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, सीमा नाका सिल गरिएको छ’, प्रहरी उपरीक्षक चौधरीले भने, ‘सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।’

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् ।

‘तीन घेरामा सुरक्षा प्रवद्र्धन मिलाइएको छ, पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिनेछन्’, प्रहरी उपरीक्षक चौधरीले भने ।

मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।

‘तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौं’, उनले भने, ‘बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौं ।’

प्रतिनिधिसभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कुल तीन लाख दुई हजार पाँच सय नौ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।

कञ्चनपुरमा १३२ मतदानस्थल र ३४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए ।

कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार कञ्चनपुर र भीमदत्त नगरपालिकामा गरेर दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?