
काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ ।
शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते । विजय भएसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि उनीहरुले जितेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोलाई भूषण दाहालले निर्देशन गरेका थिए । जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई थिए । तर, भुवनले बीचमै शो छाडेका थिए । फिनालेमा पनि उनी देखिएनन् ।
यो रियालिटी शोमा बालबालिकाले नृत्य प्रतिभा प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4