
३ मंसिर, विराटनगर । मोरङका तीन क्षेत्रको मतणनाका लागि प्रशासनले बाँसको घेरा लगाएको छ । क्षेत्र नम्बर ४, ५ र ६ को मतणना स्थलमा गणक र दलका प्रतिनिधि बस्ने स्थान छुट्याउन बासको घेराबार लगाएको हो ।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिनेछ । आइतबारको निर्वाचनपछि उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरी चार स्थानमा गणना गर्न लागिएको हो ।
मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा गरिने छ । क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नम्बर ३ मतगणना बेलबारी नगरपालिकामा रहेको भगवती माध्यमिक विद्यालयमा गरिने छ ।
निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा हुनेछ । विराटनगरको मतणना स्थलमा बासको बार लगाइएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए । मतगणना स्थलमा सीसी क्यामेरा पनि जडान गरिएको उनले बताए । मोरङमा मतदान र मतणनाको सबै तयारी पूरा भएको ढुंगेलले बताए ।
७ लाख ३५ हजार ५२५ मतदाता रहेको मोरङमा निर्वाचन गराउनका लागि १३ हजारभन्दा बढी जनशक्ति परिचालन भएका छन् । निर्वाचनमा परिचालन भएको जनशक्तीले मंसिर १ गते नै मतदान केन्दमा पुगेर सबै तयारी गरेको ढुंगेलले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार निर्वाचनका लागि ७०४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन गराउन ६ हजार ७१२ जना कर्मचारी खटिएका छन् ।
३०६ वटा मतदानस्थल रहेको मोरङमा ८३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन् ।
प्रतिक्रिया 4