
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा यतिबेला नकआउट राउण्ड जारी छ । यसअघि कोचहरु प्रमोद खरेल, राजेशपायल राई र राजु लामाको टीमका प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् ।
शनिबार राति टीम प्रविशाका ट्यालेन्टबीच नकआउट प्रतिस्पर्धा भयो । जसबाट वर्षा इटानी, प्रिजोल नेपाली र शाइल लिम्बू लाइभ शोमा प्रवेश गरेका छन् । नकआउट राउण्ड सकिएको छ र आगामी शुक्रबारदेखि लाइभ शो राउण्ड सुरु हुँदैछ । लाइभ शोमा दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन सक्नेछन् ।
भ्वाइसको चौथो सिजन हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4