४ मंसिर, बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले मतदान गरेका छन् । बाँके क्षेत्र नं. १ अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट उनले पहिलो मतदान गरेका हुन् ।
पत्रकारलाई प्रतिक्रिया दिंदै मन्त्री गहतराजले संविधानको रक्षा र स्थायित्वका लागि मतदान गरेको बताए । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री गहतराजले आगामी पाँच वर्षसम्म संसद भंग नहुने विश्वास व्यक्त गरे ।
उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4