
४ मंसिर, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचनको बेला आचारसंहिताको चरम उल्लंघन भएको भन्दै त्यसलाई कडाइका साथ रोक्नु पर्ने बताएका छन् ।
आज गृह जिल्ला रौतहटमा मतदान गरेपछि प्रतिक्रिया दिंदै नेपालले निर्वाचनका विकृति रोक्न राज्यले कडाइ गर्नुपर्ने बताएका हुन् ।
उनले भने, अरु सबै त ठिकै थियो, खासगरीकन निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर सुनें । रातभरी पनि पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहिताको चरम उल्लंघन गरेको, राति मोटरसाइकलमा पैसा बाँड्दै हिंडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता देखियो ।’
राज्यले कडाइ गर्ने हो भने यस्ता विकृति रोक्न सकिने उनले बताए ।
प्रतिक्रिया 4