+
+

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १०:५८

४ मंसिर,  हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ ।

बिहान करिब १० बजेको समयमा उनीहरुलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन् ।

पक्राउ परेका सबैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?