+
+

मतदान गरेपछि निर्मल शर्माले भने- अब सक्रिय राजनीतिमा लाग्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १०:०१
तस्वीर : कमल प्रसाईं

काठमाडौं । कलाकार निर्मल शर्माले अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रमा मतदान गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अब सक्रिय राजनीतिमै लाग्नेछु,’ उनले भने, ‘पाँच वर्षमा चुनाव उठ्ने गरी आवश्यक तयारीमा लाग्छु ।’ उनले कुन दलबाट राजनीतिमा लाग्ने भन्ने कुरा भने खुलाएनन् ।

फिल्म निर्माता समेत रहेका शर्मा सामाजिक तथा राजनीतिक मुद्दा आफ्नो धारणा व्यक्त गरिरहने सेलिब्रिटीमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?