
४ मंसिर, रामेछाप । रामेछापका १०१ वर्षका वृद्ध नरबहादुर कार्कीले मतदान गरेका छन् ।
रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा कार्कीले मतदान गरेका हुन् ।
२००७ सालदेखिका चुनावमा आफूले मतदान गर्दै आएको उनले बताए । यो पटक पनि भोट हाल्न पाउँदा एकदमै खुसी लागेको उनले बताउनुभयो ।
रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा १ मा ११ जना र प्रदेशसभा २ मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश १ मा ८७ हजार ६३३ र प्रदेश २ मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4