
४ मंसिर, पर्वत । पर्वतको कुश्मा नगरपालिका-९ मा रहेको मतदान केन्द्र अपाङ्गतामैत्री नभएको अपाङ्गगता भएका मतदाताहरुले गुनासो गरेका छन । सार्वजनिक माध्यमिक विधालयमा रहेको मतदानस्थल अपाङ्गमैत्री नभएको उनीहरुले गुनासो गरे ।
सो मतदानस्थलमा मतदान गर्न पुगेका स्थानीय नवीन अधिकारीले अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा भोट हाल्न आफूलाई समस्या भएको प्रतिक्रिया दिए ।
३४ वर्षीय अधिकारी भन्छन, ‘अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी मदतान केन्द्र नबनाएको पाइयो । अरुको सहयोगमा भोट त हालें तर सहज भएन ।’ अधिकारीले मतदान गरेको केन्द्रका कर्मचारी प्रवीन पोख्रेल भन्छन् , ‘यहाँको ठाउँनै अलि नमिलेको हुनाले उहाँ जस्ता मतदातालाई अलि असहज हुन पुग्यो । तर उहाँलाई सहयोग गरेर मतदान गर्न पाउने अधिकारको सुनिश्चित गरियो ।’
यो मतदान स्थलमा १०:३० मिनेट जाँदासम्म जम्मा २४९ भोट खसेको मतदान अधिकृत शिला श्रेष्ठले जानकारी दिइन् । यहाँ जम्मा १९६० मतदाता रहेका छन् ।
प्रतिक्रिया 4