
४ मंसिर, काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।
एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । उक्त भिडले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
सो मतदान स्थलमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा ७ जनाको टोली खटिएको थियो । उक्त घटनापछि तामाकोसी गाउापालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप १० जनाको टोली झिकाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4