
बर्दिया । खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । केन्द्रबाहिर विस्फोट भएपछि एक घण्टा मतदान कार्य स्थगित गरिएको थियो ।
मतदान केन्द्रबाहिर सुतली बम विस्फोट भएपछि रोकिएको मतदान सुचारु भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।
गुलरिया नगरपालिकाको खैरापुर, राजापुरको धोविनपुर, ठाकुरबाबाको अम्रेनी र बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रेसर कुकरभित्र शंकास्पद वस्तु भेटिएको र सबै डिस्पोज भइसकेको उनले बताए ।
बर्दियाका अन्य मतदान स्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4